बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
सारांश
- काठमाडौं, २७ पुस ।
- एमालेका अध्यक्ष केपी ओलीले स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गरेपछि उपाध्यक्ष वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
- ओली स्वास्थ्य परीक्षणका क्रममा बुधबार बैंकक प्रस्थान गरेका छन् ।
काठमाडौं, २७ पुस । एमालेका अध्यक्ष केपी ओलीले स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गरेपछि उपाध्यक्ष वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
ओली स्वास्थ्य परीक्षणका क्रममा बुधबार बैंकक प्रस्थान गरेका छन् । बैंकक प्रस्थान गर्नुअघि ओलीले उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष ओली नआउँदासम्मका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको श्रेष्ठले बताए । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया