चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४६ पटक हेरिएको
Shares
चीनले भारतलाई दियो अहिले सम्मकै गम्भिर चेतावनी

सारांश

  • चीनले भारतलाई सिक्किम सेनालाई आफ्नो सैनिक नहटाए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै कडा चेतावनी दिएको छ ।
  • चीनियाँ सेनाले सहनशीलताको सीमा पार हुन लागेको बताउँदै भारतले छिटोभन्दा छिटो पछि हट्नुपर्ने बताएको छ ।
  • जनमुक्ति सेनाको तर्फबाट जारी गरिएको बयानमा चीन आफ्नो सीमाको रक्षाका लागि पूर्ण रुपमा तयार भएको बताएको छ ।

चीनले भारतलाई सिक्किम सेनालाई आफ्नो सैनिक नहटाए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै कडा चेतावनी दिएको छ ।

चीनियाँ सेनाले सहनशीलताको सीमा पार हुन लागेको बताउँदै भारतले छिटोभन्दा छिटो पछि हट्नुपर्ने बताएको छ । जनमुक्ति सेनाको तर्फबाट जारी गरिएको बयानमा चीन आफ्नो सीमाको रक्षाका लागि पूर्ण रुपमा तयार भएको बताएको छ ।

दिल्लीमा चीनका एक वरिष्ठ कूटनीतिज्ञ लियु जिनसोंगका अनुसार भारतीय सैनिकले डोकलाम इलाकामा अवैध तरिकाले सीमा पार गरेको छ ।

चीनियाँ विदेश मन्त्रालयको डोकलाम विवादमाथि १५ पानाको विस्तृत दस्तावेज जारी गरेको एक दिनपछि चीनले यस्तो कडा शब्दको प्रयोग गरेको छ ।

चीनियाँ दस्तावेजमा भनिएको छ, ‘सन् २०१७ को जून १६ तारिखमा चीन डोंग लांग ९डोकलाम० इलाकामा सडक बनाइरहेको थियो । १८ जूनमा २ सय ७० भन्दा धेरै भारतीय सैनिक हतियारसमेत दुई बुल्डोजर लिएर सिक्किम सेक्टरदेखि डो का ला ९डोका ला० नजिकैबाट सीमामा आए । भारतीय सैनिक सडक बनाउने काममा बाधा पुर्याउने उद्देश्यसहित चीनियाँ इलाकामा सय मिटरभित्रसम्म प्रवेश गर्यो । एक समयमा भारतीय सैनिकको संख्या ४ सयसम्म पुगेको थियो ।’

दस्तावेजमा दाबी गरिएको छ, ‘भारतीय सैनिकले त्यहाँ तीनवटा पोल गाडिदिए र चीनको सीमामा १ सय ८० मिटर भित्रसम्म बढे । जुलाईको अन्त्यसम्म त्यहाँ ४० भारतीय सैनिक र एक बुल्डोजर अवैध तरिकाले चीनियाँ सीमामा तैनाथ छन् ।’

यता भारतले भने विवादित इलाकामा चीनलाई नयाँ सडक बनाउनबाट रोक्नका लागि आफ्नो सैनिक त्यहाँ पठाएको बताउँदै आएको छ ।

यसैबिच, चीनको सरकारी संवाद एजेन्सी सिन्ह्वाका अनुसार चीनको रक्षा मन्त्रालयले भारतसँग डोकलामबाट आफ्नो सैनिक हटाउनका लागि आग्रह गरेको छ । चीनियाँ रक्षा मन्त्रालयका प्रवक्ता रेन गाकिषंगले सीमामाथि शान्ति स्थापना गर्नका लागि भारतले उचित कदम उठाउनुपर्ने बताएका छन् । बीबीसी हिन्दी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कहिले आइपुग्ला कोरोना भ्याक्सिन ?
नेपालमा कहिले आइपुग्ला कोरोना भ्याक्सिन ?
सिभिल इन्जिनियरको अपराध यात्रा :  अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
सिभिल इन्जिनियरको अपराध यात्रा : अध्यापन छाडेर तीन वर्षदेखि लागुऔषध कारोबार !
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
गुण्डुमा आइपुग्यो सिंहदरबार ।
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
एउटै जिल्लामा नेपाल विद्यार्थी संघका ३ जना अध्यक्ष, विद्यार्थी रनभुल्ल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल