आकाशमै इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
आकाशमै इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

सारांश

  • काठमाडौं।
  • एउटा इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट बचेको छ ।
  • लुक्लाबाट काठमाडौं आएको विमानको आकाशमै एउटा इन्जिन फेल भएको थियो ।

काठमाडौं। एउटा इन्जिन फेल भएको सीता एयरको विमान दुर्घटनाबाट बचेको छ । लुक्लाबाट काठमाडौं आएको विमानको आकाशमै एउटा इन्जिन फेल भएको थियो । ९ एन–एजेएच कलसाइन भएको जहाजको बुधबार बिहान लिक्लाबाट उडेको थियो ।जहाजको एउटा इन्जिन आकाशमै फेल भए पनि पाइलटले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो ।

जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?