रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर

सारांश

  • रोल्पा, १३, पुस ।
  •  भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ ।
  • जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ ।

रोल्पा, १३, पुस । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ ।

जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ । ७२ वटा वडा रहेको रोल्पाका २२ वटा वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको विशेष परिचालन गरी शतप्रतिशत प्रसूतिलाई संस्थागत गर्ने गरी पहल थालेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले जानकारी दिए ।

जटिल प्रसूतिका लागि जिल्लामा शल्यक्रिया सेवासमेत सञ्चालन गरिएको छ । जटिल प्रसूति सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा ४१ जटिल प्रसूति सेवा लिएकामा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो सङ्ख्या २० पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख डा आचार्यले जानकारी दिए ।

जटिल प्रसूतिको शल्यक्रिया गरेका सुत्केरी महिलालाई अनुकूल हुने कोठाको अभाव रहेका कारण केही समस्या देखिने गरेको बताइन्छ । “एकैपटक धेरै शल्यक्रिया गर्नुपर्दा समस्या आउने गरे पनि आन्तरिक स्रोत परिचालन गरेर व्यवस्थापन गरेका छौँ”, डा आचार्यले भने ।

‘‘आमाका लागि खासै समस्या नभए पनि एसएनसियु स्थापना नहुँदा नवजात शिशुलाई असामान्य अवस्था आए उपचार गर्न समस्या हुने गरेको छ’’ डा आचार्यले भने । “एसएनसियु स्थापनाको पहल गरिरहेका छौँ”, डा आचार्यले भने । “केही पूर्वाधार थप तथा एसएनसियुको स्थापना भए जिल्ला अस्पतालबाटै जटिल प्रसूतिको सबै काम हुन्छ”, डा आचार्यले भने ।

जिल्लामा प्रोटोकलअनुसार आर्थिक वर्ष २०७४/७५ मा चारपटक गर्भवती जाँच गर्ने गर्भवतीको सङ्ख्या ४८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या ४४ प्रतिशत मात्र रहेको थियो । गर्भवती भएको कुनै पनि समयमा स्वास्थ्य संस्थामा भेट गर्ने गर्भवतीको सङ्ख्या भने शतप्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ९० प्रतिशत थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल !
भाषा बिगार्नेलाई नै भाषा शाखाको जिम्मेवारी दिन चलखेल !
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत  ८७९५
नारायणकाजी श्रेष्ठ १५७६ मतान्तरले पछि, बाबुरामकाे मत ८७९५
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
नेपाली कांग्रेसले तोक्यो ४४ जिल्लामा चुनावी कमान्डर , हेर्नुहोस् नाम लिस्टसहित
साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने
आजदेखि मोटरसाइकल, गाडी चालकको लाइसेन्स आवेदन खुल्ने

तपाईंले छुटाउनुभयो कि?