शिशु चोरी घटना : सहमतिपछि प्रदर्शन रोकियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
१८७ पटक हेरिएको
Shares

सारांश

  • नवजात शिशु हराएको दोस्रो दिन पनि परिवारजनले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
  • यो खबर आजको कान्तिपुरमा छ ।
  • सडक अवरुद्ध पार्दै उनीहरुले अस्पताल प्रशासनविरुद्ध चर्का नाराबाजी गरे ।

नवजात शिशु हराएको दोस्रो दिन पनि परिवारजनले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यो खबर आजको कान्तिपुरमा छ ।

सडक अवरुद्ध पार्दै उनीहरुले अस्पताल प्रशासनविरुद्ध चर्का नाराबाजी गरे । जन्मिएको तीन घण्टा नबित्दै शिशु शुक्रबार मध्यान्ह अस्पतालको प्रसुति वार्डबाट चोरी भएको थियो ।

आशा देवीले सामान्य अवस्थामा १० बजेर ४० मिनेटमा जन्माएको छोरा करिब २ बजेतिर एक अपरिचित महिलाले चोरेको अस्पताल प्रशासानले जनाएको छ ।

शनिबार अपराहन्न अस्पताल, प्रहरी प्रशासन र आफन्तबीच ५ बुँदे सहमति भएपछि प्रदर्शन स्थगित भएको थियो ।

चोरी भएको बच्चाको खोजीका लागि प्रहरी र अस्पताल प्रशासन गम्भीर भएर लाग्ने, ३ दिनभित्र प्रहरीले अनुसन्धानमा भएको प्रगतिबारे जानकारी गराउने, सोधपुछका लागि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिदा कुनै पनि पक्षबाट दवाव नदिने, दोषी पाइएका कर्मचारीलाई तत्काल निलम्बन गर्ने, सीसीटीभी मर्मत गरी सोमबारसम्म सुचारु गर्ने सहमति भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?