हात्तीको आक्रमणले एकको मृत्यु
सारांश
- भद्रपुर, २८ फागुन, जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।
- आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
- उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् ।
भद्रपुर, २८ फागुन, जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।
आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया