आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
सारांश
- काठमाडौँ– पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले विधेयकले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप आर्थिक विकास, सामाजिक न्याय र सुशासन हाँसिल गर्ने उद्देश्य निश्चित गरेको बताए ।
- सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताले समग्रतामा सहि विचार, सहि दृष्टिकोण आत्मसात गरेको बताए ।
काठमाडौँ– पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका महासचिव विष्णु पौडेलले संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र राज्यका निर्देशित सिद्धान्तका आधारमा बजेट बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पौडेलले विधेयकले समृद्ध नेपाल र सुःखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरुप आर्थिक विकास, सामाजिक न्याय र सुशासन हाँसिल गर्ने उद्देश्य निश्चित गरेको बताए ।
सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकताले समग्रतामा सहि विचार, सहि दृष्टिकोण आत्मसात गरेको बताए । उनले आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा परेको पनि बताए ।
विगत निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धतालाई पनि विनियोजन विधेयकले आत्मसात गरेको उनले बताए । उनले भने, ‘सामाजिक न्याय सहितको तिव्र आर्थिक विकास, क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारी, फराकिलो दायराको सामाजिक सुरक्षा र गुणस्तरीय पूर्वाधार सुनिश्चित गर्ने संकल्प बोकेको छ ।’
विनियोजन विधेयकले रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षा जस्ता मौलिकहकहरुको पक्षमा उभिएको भन्दै सांसद पौडेलले यो विधेयकले विकास अभियानका सन्दर्भमा नया र गुणात्मक सन्देश दिएको बताए ।
संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउनुपर्नेछ । जसअनुरुप नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ । अहिले पूर्व बजेट छलफल चलिरहेको छ ।
प्रतिक्रिया