कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली

सारांश

  • काठमाडौं, ११ माघ ।
  • पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रश्नहरुको खुलेरै जवाफ दिए ।
  • उनले यतिबेला चर्चाको विषय रहेको राष्ट्रियसभामा भर्खरै एमाले प्रवेश गरेकी कोमल वलीको विषयमा पनि ठट्यौलो पारामै जवाफ दिए ।

काठमाडौं, ११ माघ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रश्नहरुको खुलेरै जवाफ दिए । उनले यतिबेला चर्चाको विषय रहेको राष्ट्रियसभामा भर्खरै एमाले प्रवेश गरेकी कोमल वलीको विषयमा पनि ठट्यौलो पारामै जवाफ दिए ।

पार्टीमा कुनै प्रकारको विवाद नभएको भन्दै अध्यक्ष ओलीले भने, “कोमल वलीको विषयमा त झन एमालेमात्रै होइन राष्ट्रिय सहमति पो भो ।” “एमालेले त कोमल वलीलाई उम्मेदवार बनाएको हो”, ओलीले प्रश्न गरे, “खै त ? कसैले कोमलको विपक्षमा उम्मेदवारी नै दिएनन् त ? वास्तवमा कोमल वलीको विषयमा त एमालेको मात्र होइन राष्ट्रिय सहमति पो भो ।”

अध्यक्ष ओलीले जे गरे पनि एमालेलाई अपजस दिनमात्रै खोजिएको बताउँदै कथा हाले, “टेबुलको बीचमा लोटा राखिएको रहेछ । धक्का लागेर लोटाको पानी पोखिएपछि एकजनाले भनेछ, टेबुलको छेउँमा राखेको भए पो हुन्थ्यो त । अब लोटा टेबुलको छेउँमा राख्नू । अर्को दिन टेबुलको छेउँमा राखिएको लोटामा धक्का लागेर फेरि पानी पोखिएछ । उसैले फेरि भनेछ, “लोटा टेबुलको बीचमा राखेको भए पो पोखिदैनथ्यो ।” यो कथा सुनाउँदै ओलीले थपे, “एमालेले नयाँलाई मौका दिएन भनेर खेदो खन्छन्, नयाँलाई मौका दिँदा पनि नयाँलाई किन दिएको भनेर खेदो खन्छन् ।”

(Diazepam)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Deepak Kc

    यो चाही ओली बाले ठीक भने हैं। कमल ओली हो नै राष्ट्रीय कहिले Gynendra को कहिले कमल थापाको अहिले ओली बाको अर्कों चुनावमा deuba बाको अनि लास्टमा मदेशबांधी पार्टीको। जय कमल ओली।

    Comment Author

    Jirel Tika

    रास्ट्रबादी आफै अनि भएन त ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?