खटाएको २४ घण्टाभित्र काममा नगए कारबाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
खटाएको २४ घण्टाभित्र काममा नगए कारबाही

सारांश

  • काठमाडौं, १० फागुन – कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ ।
  • मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, १० फागुन – कर्मचारीहरु प्रदेशमा खटाएको एक महिना बित्दा पनि कार्य क्षेत्रमा नपुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चेतावनीपत्र पठाएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २४ घन्टाभित्र कर्मचारी प्रदेशमा पठाउन बुधबार सचिव र महानिर्देशकलाई चेतावनीपत्र पठाएको हो। आजको नागरिक दैनिकमा खबर छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई पत्र पठाएको यो तेस्रोपटक हो । यसअघि माघ २३ मा पहिलोपटक पत्र पठाइएको थियो । त्यसको एक सातासम्म पनि कर्मचारी नगएपछि दोस्रो पत्र पठाइएको थियो।

दोस्रो पत्र पठाए पनि कर्मचारीले अटेर गरेपछि बुधबार २४ घन्टे निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो।

केन्द्रबाट खटाइएका प्रशासन सेवाका कर्मचारी प्रदेशमा नपुगेपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेशसभामा कर्मचारीको अभाव भएको छ।

पत्रमा मन्त्रिरिषद् कार्यालयले मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई तुरुन्त रमाना दिएर कर्मचारी खटाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘अब पनि कर्मचारी पठाउन अटेर गरे शुक्रबार वा आइतवार सबै सचिव र महानिर्देशकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बोलाउने तयारी गरिएको छ।’
सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई खटाएको पत्र मन्त्रालय र विभागमा पठाएको छ भने सम्बन्धित कर्मचारीलाई पनि पत्र पठाएको छ।

प्रदेशमा माघ दोस्रो सातादेखि कर्मचारी खटाउन सुरु गरिएको थियो । अहिलेसम्म ९ सय कर्मचारी खटाइएको छ। प्रदेशमा कम्तीमा २ हजार कर्मचारी खटाउने तयारी छ।

‘बुधबारसम्मको तथ्यांकअनुसार बुधबारसम्म प्रदेशमा ३५ प्रतिशत मात्रै कर्मचारी पुगेको पाइएको छ,’ सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो । मन्त्रालय र विभागका प्रमुखले नै सरुवा भएका कर्मचारीलाई रमाना नै नदिई रोकेर राखेको स्रोतको भनाइ छ । विभिन्न ट्रेड युनियनको प्रयोग गरी कर्मचारी खटाएको ठाउँमा गएका छैनन् । कर्मचारी नआएको गुनासो सबै प्रदेशबाट आइरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    TR Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?