आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
२७ पटक हेरिएको
Shares
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिमलगायत चट्याङ्ग तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर नहुँदा शव परीक्षण हुन सकेन
डाक्टर नहुँदा शव परीक्षण हुन सकेन
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..
सुदुरपश्चिममा गौरा पर्वको रौनक
सुदुरपश्चिममा गौरा पर्वको रौनक
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा,  सरकारलाइ ठाडाे चुनाैती !
पुर्वी नेपालमा ‘डिजिटलाइजेशन’काे नाममा ठगि धन्दा, सरकारलाइ ठाडाे चुनाैती !
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत

तपाईंले छुटाउनुभयो कि?