१५ हजारको बलि सुरु….

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
१५ हजारको बलि सुरु….

सारांश

  • जनकपुरमा रहेको प्रख्यात शक्ति पीठ राजदेवी मन्दिरमा बलि पूजा सुरु भएको छ ।
  • मन्दिरमा बलि पूजाका लागि आज दिउँसो देखि नै भीड लागेको थियो ।
  • बडा दशैंको आठौ दिन अर्थात महाष्टमीमा राजदेवी मन्दिरमा श्रद्धालुको ठूलो भीड लाग्ने गरेको छ ।

जनकपुरमा रहेको प्रख्यात शक्ति पीठ राजदेवी मन्दिरमा बलि पूजा सुरु भएको छ । मन्दिरमा बलि पूजाका लागि आज दिउँसो देखि नै भीड लागेको थियो । बडा दशैंको आठौ दिन अर्थात महाष्टमीमा राजदेवी मन्दिरमा श्रद्धालुको ठूलो भीड लाग्ने गरेको छ । प्रसाद चढाउने पुरुष तथा खोइछ भर्ने महिलाको लाम एक किलोमिटर भन्दा लामो रहेको छ । दिउँसो प्रसाद चढाउने र साँझदेखि बोका बलि दिने चलन यो मन्दिरमा रहेको छ ।

यो वर्ष १५ हजारभन्दा बढि बोका बलि दिइने अनुमान गरिएको छ । निष्ठापूर्वक राजदेवीको पूजा गरेको मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले टाढा टाढाबाट श्रद्धालु भक्तजन जनकपुर आउने गर्छन् । महाष्टमीमा भारतबाट समेत ठूलो संख्यामा भक्तजन राजदेवी मन्दिर आउने गरेका छन् ।

त्रेता युगमा राजा जनकको राजधानीको रहेको जनकपुरमा राजदेवी मातालाई जनकको कुलदेवीको रुपमा धार्मिक ग्रन्थमा बर्णन गरिएको छ । राजा जनकको समेत कुलदेवी भएको र मनोकांक्षा अनुसारको फल दिने र भाकल पुरा गर्ने देवीका रुपमा परिचित रहेका कारण पनि राजदेवीको दर्शनका लागि वर्षेनी हजारौँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?