विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०८०
|
|
३० पटक हेरिएको
Shares
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा

सारांश

  • काठमाडाैं ।
  • लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौंडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
  • नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

काठमाडाैं । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौंडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए ।

कालोसूचीमा परेकाबाट केन्द्रले रु ९२ लाख ४७ हजार आठ सय ८८ असुल गर्नुपर्ने छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महशुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट रु एक करोड रकम उठ्न बाँकी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकाको साइत ११ बजेर २ मिनेटमा
टीकाको साइत ११ बजेर २ मिनेटमा
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी
देउवा-मोदी भेटवार्ता आज
देउवा-मोदी भेटवार्ता आज
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
नेकपा विवादः प्रचण्डलगायतका नेताहरुको राजीनामाको माग यथावत्, मंसिरमा महाधिवेशन अमान्य
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !

तपाईंले छुटाउनुभयो कि?