रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २९, २०७९
|
|
५३ पटक हेरिएको
Shares
रुसको छिमेकी फिनल्याण्डका राष्ट्र प्रमुख ‘ढिलो नगरी’ नाटोको सदस्यता लिने पक्षमा

सारांश

  • फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले बिहिबार एक वक्तव्य जारी गर्दै नाटोको सदस्य प्रक्रियामा ‘ढिलो गर्न नहुने’ बताएका छन्।
  • रुससँग १३४० किमी भूमि जोडिएको फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोको सदस्यता लिन एक कदम अगाडि बढेको छ।
  • राष्ट्रपति सोली नीनिस्तो र प्रधानमन्त्री सान्ना मरिनको नाटोको समर्थनमा वक्तव्य आउनुअघि फिनिस सरकारले संसदमा देशको सुरक्षा विषयमा एक प्रतिबेदन पेस गेको थियो ।

फिनल्याण्डका राष्ट्रपति र प्रधानमन्त्रीले बिहिबार एक वक्तव्य जारी गर्दै नाटोको सदस्य प्रक्रियामा ‘ढिलो गर्न नहुने’ बताएका छन्। रुससँग १३४० किमी भूमि जोडिएको फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोको सदस्यता लिन एक कदम अगाडि बढेको छ।

राष्ट्रपति सोली नीनिस्तो र प्रधानमन्त्री सान्ना मरिनको नाटोको समर्थनमा वक्तव्य आउनुअघि फिनिस सरकारले संसदमा देशको सुरक्षा विषयमा एक प्रतिबेदन पेस गेको थियो । रिपोर्टमा नाटोको सदस्यतालाई विकल्पको रुपमा प्रस्तुत गरिएको थियो।

बिहिबार जारी संयुक्त वक्तव्यमा निनिस्तो र मरिनले भनेका छन् ः‘नाटोको सदस्यताले फिनल्याण्डको सुरक्षा बलियो बनाउँछ । साथमा फिनल्याण्ड पनि नाटो सबलतामा योगदान गर्न सक्छ । फिनल्याण्डले ढिलो नगरी नाटोको सदस्यताको दरखास्त हाल्नुपर्छ। यस सम्बन्धमा देशले उठाउन आवश्यक कदम आगामी केही दिनभित्र शिघ्रता उठाईनेछ भन्ने हामीले आसा लिएका छौं।’

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि मतसर्वेक्षणहरुमा फिनल्याण्नका नागरिकमाझ नाटोप्रतिको समर्थन ३० प्रतिशतबाट बढेर झण्डै ८० प्रतिशत पुगेको पाइएको छ।

नाटोको सदस्यता प्रस्ताव गर्नको लागि पहिले फिनल्याण्डको संसदले स्वीकृती दिनुपर्छ र त्यसपछि केही घरेलु कानुनी अड्चन हटाउनु पर्छ । त्यसपछि नाटो आफैले फिनल्याण्डलाई सदस्यताबारे छलफल गर्न आमन्त्रण गर्ने अपेक्षा छ ।
फिनल्याण्डको पश्चिमी छिमेकी स्वीडेनले पनि छिट्टै नाटोको सदस्यताको लागि प्रस्ताव गर्ने चर्चा छ।

रुसले दुवै मुलुकको नाटोको सदस्यताको विरोध गरेको छ। यी दुई मुलुकले नाटोको सदस्यता लिएर त्यसको परिणाम भोग्नुपर्ने रुसले धम्की दिईसकेको छ।

फिनल्याण्डले दोस्रो विश्वयुद्धदेखि नै कुनै सैन्य गठबन्धनमा सहभागी नहुने तठस्थताको नीति अंगिकार गर्दै आएको थियो।

सैन्य तटस्थताकै नीतिका कारण सोभियत संघ अस्तित्वमा रहदाँ पुजीवादी राजनीतिक प्रणाली अंगिकार गरेको फिनल्याण्डको संघसँग राम्रो व्यापारिक सम्बन्ध थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

North Korea fires new ballistic missile in likely pressure tactic.
North Korea fires new ballistic missile in likely pressure tactic.
प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने
प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्दछ : प्रम ओली
संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्दछ : प्रम ओली
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव