आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २७, २०८०
|
|
१७ पटक हेरिएको
Shares
आजको मौसमः देशका अधिकांश भागमा पानी पर्ने

सारांश

  • काठमाडौं।
  • मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
  • यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

काठमाडौं। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
कर्णाली प्रदेशः मुख्यमन्त्रीको कार्यालयमा गुनासा बढी
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
रामेछापको समानुपातिकको मतगणना सकियोः एमाले बन्यो पहिलो पार्टी
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
भोलिदेखि बजेट खर्च गर्न नपाउने, आजै २५ अर्ब ५५ करोडको भुक्तानी !
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

तपाईंले छुटाउनुभयो कि?