प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
- माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?”
“नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुदैन” प्रधानमन्त्री ओलीले भने “यो कुरा मिडियाले पनि बुझन्पर्छ ।”
नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको बताए । लोकतन्त्रका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताउनुभएको छ । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।
“अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ” प्रधानमन्त्री ओलीको भनाइ छ । कृषिमा आश्रित जनसंख्यालाई दुईबर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
Tirtha Prakash Manandhar
Aani oli maharaj tatha rastrapati ko sawari ma sadakai,airportai bandha garayera janta sathai ambulance samet ma rok lagayera maharaja prabrity dekhawoone k tantra ho ta ?
Himal Makalu
timro hawa dari gaf ani timro ramro abinaye le tyo thau mata pugeu tara desh ta barbat hudai xa janata lai timi dekhi saram lagna thali sako jasle timi lai mat diyeka thiye
Dawadi Lekhu
के त्यहा जनता को हक लाग्दैन