चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
६१ पटक हेरिएको
Shares
चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष दाहाल बिचैबाट नेपाल फर्कने !

सारांश

  • काठमाडौं, १ असोज ।
  • चीन भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राजधानी बेइजिङ् नपुगी फर्कने भएका छन् ।
  • राष्ट्रपति सि जिनपिङ्काे कार्यव्यस्तताका कारण भेट्न सम्या भएपछि बेइजिङ् जाने या नजाने अन्याेल भएकाे हाे ।

काठमाडौं, १ असोज । चीन भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड राजधानी बेइजिङ् नपुगी फर्कने भएका छन् । राष्ट्रपति सि जिनपिङ्काे कार्यव्यस्तताका कारण भेट्न सम्या भएपछि बेइजिङ् जाने या नजाने अन्याेल भएकाे हाे । स्राेतका अनुसार राष्ट्रपतिसँग भेट हुने भए मात्र बेइजिङ् जाने अध्यक्ष दाहालले बताएका छन् ।

राजनीतिक भ्रमण भनिए पनि दाहालले राष्ट्रपतिसँग भेट्न नसकेकाे खण्डमा प्रादेशिक नेतासँगको भेटवार्तामै भ्रमण सीमित हुनेछ ।

अध्यक्ष दाहालले आफ्नो चीन भ्रमणका विषयमा अहिलेसम्म चीनका लागि नेपाली राजदूतावासलाई कुनै पनि जानकारी दिएका छैनन् । यद्यपि, उनलाई स्वागत गर्न  राजदूत लीलामणि पौड्याल शनिबार ग्वाञ्जाओ आएका थिए । राजदूत पौड्याल ग्वाञ्जाओ आए पनि चिनियाँ पार्टीले भेटबारे नेपाली राजदूतावासलाई जानकारी दिएको छैन । पूर्वप्रधानमन्त्रीको भ्रमण हुँदा सम्बन्धित देशको राजदूतावासलाई जानकारी दिने प्रचलन छ ।

अध्यक्ष दाहालले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थल र येनानमा सन् १९३८ देखि १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको उनले अवलोकन गरेका थिए ।

अध्य दाहालसहित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टिकाे निमन्त्रणामा चीन पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
‘बिसु’ मनाउन सुदूरपश्चिमेली घर फर्किँदै
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
ताप्लेजुङमा चम्किए योगेश, दोब्बरले अग्रता
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
१२९ अाैँ मजदुर दिवश बिभीन्न कार्यक्रम गरि मनार्इदै
१२९ अाैँ मजदुर दिवश बिभीन्न कार्यक्रम गरि मनार्इदै
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भइरहेको कांग्रेसको दाबी
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश
कांग्रेस सभापति विरुद्धको रिटमा भएन अन्तरिम आदेश