फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
सारांश
- काठमाडौं,१३ भदाै।
- तीन दिन पहिले बकैया नदिमा डुङ्गा दुर्घटना भई चार जनाको मृत्यु भएको सम्बन्धमा पीडित र सरोकारवालाहरुले पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियारका विरुद्धमा किटानी जाहेर दर्ता गराएका छन् ।
- संविधानसभाका सदस्य तथा नेकपा रौतहटका नेता सत्यनारायण भगतले मंगलबार गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएका छन् ।
काठमाडौं,१३ भदाै। तीन दिन पहिले बकैया नदिमा डुङ्गा दुर्घटना भई चार जनाको मृत्यु भएको सम्बन्धमा पीडित र सरोकारवालाहरुले पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियारका विरुद्धमा किटानी जाहेर दर्ता गराएका छन् । संविधानसभाका सदस्य तथा नेकपा रौतहटका नेता सत्यनारायण भगतले मंगलबार गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएका छन् ।
भगतले अलपत्र अवस्थामा छोडिएको पुलकै कारण रौतहटका चार जना गरिब जनताको ज्यान गएको र यसमा संलग्नमाथि तत्काल पक्राउ गरी मुद्दा चलाउन किनानी जाहेरी दर्ता गरिएको बताए ।
भगतले भने, ‘समयमा काम सम्पन्न नगरी अलपत्र अवस्थामा पुल छोडिएको छ, जनता चढेको ढुंगा त्यही अलपत्र पुलको पिल्लरमा ठोक्किएर दुर्घटनामा परेको हो , यदि पिल्लर नभइदिएको भए, यो दघुृटना हुने थिए, मान्छे पनि मर्ने थिएनन् ।’ नदिमा ज्यानै जानसक्ने बस्तुराख्नु पनि हत्या संलग्नता हुनु भएको नेता भगतको भनाई छ ।उता, रौतहटका पीडित परिवारका सदस्यहरुले समेत रौनियारका विरद्धमा किटानी जाहेरी दर्ता गर्ने क्रममा रहेको जनाइएको छ ।
प्रतिक्रिया