सिटौलाले भने ‘गणतन्त्रमा देउवाजी नयाँ राजा बन्न खोज्नुभयो’ !
सारांश
- काठमाडौं, २२ वैशाख ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा तीन नेतालाई मनोनयन गरेसँगै सो पार्टीभित्र विवाद थप चुलिएको छ ।
- नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले देउवाले विधान विपरित निर्णय गरेको भन्दै चर्को आलोचना गरेका छन् ।
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीमा तीन नेतालाई मनोनयन गरेसँगै सो पार्टीभित्र विवाद थप चुलिएको छ ।
नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले देउवाले विधान विपरित निर्णय गरेको भन्दै चर्को आलोचना गरेका छन् । देउवाको निर्णयसँगै सिटौला र पौडेल विरोधमा एक ठाउँमा उभिएका छन् ।
नेता कृष्ण सिटौला देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले राजतन्त्र गएपनि देउवा नयाँ राजा बन्न खोजेको आरोप लगाए ।
पदाधिकारी मनोनयपछि असन्तुष्ट सिटौंलाको धारणा उनकै शब्दमा
आजको परिस्थितिमा सभापतिजीले निर्णय गर्दा विधानसम्मत र पार्टीभित्र समझदारीको आधारमा निर्णय लिन सक्नुपथ्र्यो । त्यो नगरेर उहाँले ठूलो गल्ती गर्नु भएको छ । मलाई के लाग्यो भने उहाँले एकलौटी ढंगले पार्टीलाई पेलेरै लान खोज्नु भएको फिल भएको छ । यसले पार्टीभित्र साथीहरुको मनोबल अरु गिराउने सम्भावना बढाएको छ । यसबारे म धेरै गम्भीर र चिन्तित छु ।
आजको दिनमा पार्टीभित्र व्यापक सहमति र समझदारी र एकता आवश्यक हो । बचेखुचेको एकता पनि टुटाउने गरी पार्टीभित्र थप अविस्वास र पारस्परिक सन्देश खडा हुने खालको निर्णय हो यो ।
पदाधिकारी को व्यक्ति पर्ने नपर्ने भन्ने कुरा ठूलो भएन महाधिवेशनबाट निर्वाचित हुनेमध्येबाट नै पर्ने हुन् । प्रस्ताव राख्ने पनि सभापति कै कुरा हो । तर, यो काम उहाँले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गर्न सक्नुपथ्यो। अहिले २ वर्षपछि त्यो पनि निर्वाचनपछिको पराजयको अवस्थामा पार्टीलाई मिलाएर लिएर जानुपर्नेमा त्यो व्यवहार उहाँबाट देखिएन ।
सभापतिको यस्तो हर्कतले पार्टीभित्र थप क्षति हुन्छ भन्ने मलाई लाग्छ ।
अहिले म काठमाडौं बाहिर भएकाले अब के गर्ने भन्नेमा काठमाडौं फर्किसकेपछि पार्टीका केन्द्रीय साथीहरु सबैसँग छलफल गरेर कसरी पार्टीभित्र नयाँ सुरुवात भन्ने तय गर्छौ ।
विगतमा सभापति सुशील कोइराला हुँदा उहाँले समयमै प्रस्ताव राख्नु भएको थियो तर समझदारीबाट निर्णय हुन समय लाग्यो । उहाँ सभापति हुँदा शेरबहादुरजी हार्नु भएको थियो । सुशील कोइरालाले जति निर्णय गर्नुभयो सहमति र समझदारीको आधारमा गर्नु भएको थियो । एउटा सफलताको परीणाम पनि निकाल्नु भएको थियो ।
पार्टीको सफलता पार्टीभित्रको एकताले निर्भर गर्छ । एकता तोड्दै जाने हो भने यसले पार्टीभित्र ठूलो क्षति निम्त्याउँछ भन्ने मलाई लाग्छ । उहाँले पछिल्लो दिनमा पेलेरै जान खोजेको जस्तो देखिन्छ ।
चुनाव समिक्षा भनेर बोलाइएको बैठक निकै लामो भए तर आएका विचारहरुलाई जोडेर एकताबद्ध पार्ने निर्णय गर्नु भएन । उहाँले महामन्त्रीलाई प्रस्ताव लेखेर पढ्न लगाउनु भयो र पारित भयो भन्नुभयो कसैलाई टिप्पणी पनि गर्न दिनुभएन ।
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा निर्णय गराउने तरिका नै गलत भयो । अहिले पनि पदाधिकारीहरु उहाँले जसरी मनोनय गर्नु भयो त्यो विधानसम्मत र विवादरहित ढंगले गर्न सक्नु भएन । जवकी विधानका केहि धाराहरु निलम्बन गरेर विधानसम्मत पनि बनाउन सकिन्थ्यो र समझदारीबाट पनि टुंग्याउन सकिन्थ्यो ।
मनोनयनबाट कोहि त्यो पदमा पुग्नु ठूलो कुरा भएन तर पार्टीका नेताहरुको भावनालाई जोड्न सक्ने या नसक्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ । त्यसकारण राजतन्त्र त गयो तर सभापति आफैं नयाँ राजा हुन खोजेको जस्तो पार्टीमा भयो । हरेक कुरामा इश्युबेस पोलिटिक्स गर्नुपर्छ भन्ने मेरो मान्यता हो । व्यवहारिक भन्दा मूल्यमा आधारिक राजनीति गर्नु पर्छ भन्ने मान्छे हुँ । सैदान्तिक र नीतिगत पक्षलाई नै छाडेर राजनीति गर्नुको अर्थ छैन । त्यसले न पार्टी बन्न सक्छ न पार्टीले देशलाई योगदान पुर्याउन सक्छ ।
पार्टीभित्रको विवादमा शेरबहादुरजीले गल्ती गरेको कुरालाई गल्ती नै भन्नुपर्छ । उहाँले ठूलो गल्ती गर्दा रोक्ने प्रयास पनि गर्नुपर्छ । देउवाले पदाधिकारी मनोनयनमा साच्चै गर्नु भएको छ र त्यसमा सायद रामचन्द्र पौडेलजी र मेरो कुरा यो सन्दर्भमा मिल्न सक्छ । तर, मिल्न सक्छ भन्दैमा राजनीतिक रुपमा उहाँले जे भन्नुहुन्छ त्यै मान्छ भन्नेृ या मैले जे भन्छु उहाँले मान्नुहुन्छ भन्ने होइन । इश्युबेसमा हामीबीच सहकार्य हुन्छ ।
Dev Raj Bharati
कहिले सासुकाे त कहिले बुहारिकाे पालाे ।
Narendra Pardhan
मौका पाए राजा हुन कसैले छोड्दैन….
KS Gyalvo
ह ह ह ह ने का को नेताहरुको ताल
सर्पले भ्याकुतो निल्नै लाग्द पनि त्यो भ्यकुदोले आफ्नो जिप्रोले भेटे सम्मको झिंगाको सिकार गर्दै गरे जसतो हो
टुङ्गिदै गयेको पाटीको बिग्रेको बुद्दी
Raju Sharma
Deupa yesto jantho raja banna khojne dhat, yo ta bina budhiko twante GU ko dallo ho.
Pramesh Bishwas
Good news
Dabal Khadka
Deyubaleyth dhilo chaduki kamathr ho ythabamgtmndleth ghadikhociclayuxuvneyko bujenhjur
Puspa Raj D
Tyati bela deuwa na bhai bhaeana.
Hari Prasad Ghimire
मासिने बेलामा घर झगडा भन्छन ।
Basu Pande
ओहो ! तिमिहरुकै छ गाईजात्रा ।
Pokharel Ishwor
कम्युनिष्ट हरु भन्दा पनि ” अधिनायकवादी” भए कि क्या हाे गाँठे !!!
Ramesh Sapkota
मुर्दा देउवालाई सेतो कपडाले बेरेर पहेंलो पिताम्बरले छोपेर आर्य घाटमा संस्कार गर्न सक्दैनौं ?
Madhavraj Pandey
यति तल्लो तहमा ओर्लेर कांग्रेस सभापतिको बिरोध गर्ने ब्यक्ति कि त ज्ञानेन्द्र शाहको कित कम्युनिष्ट हरुको तलुवा चटुवा हुनुपर्छ १, २, ३ कांग्रेस हुनै सक्दैन।
Ram Prasad Dahal
न मरुन्जेल सत्ता मा बस्ने रोग नै छ नि congrees मा कुन नया कुरा होर
Madhavraj Pandey
बिचरा सिटौला जी पनि राजा बन्न नचाहेको कहाँ होर महाधिवेशन प्रतिनिधि हरुले २०६४ सालको जस्तै प्रचण्डवादी बनेर सखाप पार्न सक्छन् भन्ने ठाने अनि त सकिगोनी।
Parashuram Giri
देउवाले मनोनीत गरेर सदस्य हुने अनि देउवालाई नै गाली गर्दा त सुहाउँदो भएन कि कसो हो ?