भारतमा भएको सडक दुर्घटना बारे खुलासा…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
भारतमा भएको सडक दुर्घटना बारे खुलासा…

सारांश

  • नयाँदिल्ली, २८ जेठ ।
  • उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।
  • मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ ।

नयाँदिल्ली, २८ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।

मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ ।

यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए ।

सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् ।

त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार विहान ०५।३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिनुभयो ।

बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
वार्नरको अन्तिम खेलमा हैदरावाद विजयी
वार्नरको अन्तिम खेलमा हैदरावाद विजयी
प्रदेश नं ५ का उद्यमीको भेला रामपुरमा
प्रदेश नं ५ का उद्यमीको भेला रामपुरमा
लहानमा ८ महिने बालिका बलात्कृत
लहानमा ८ महिने बालिका बलात्कृत
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
भारतीय सेनाध्यक्ष भन्छन् ‘चीनसँग लड्न नेपाललाई हात लिनु जरुरी छ’
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत
‘काेटेश्वर-कलंकी सडक जाम हटाउन विदेशी पाहुनालार्इ सवार गराउनु पर्ने हाे ?- महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?