चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो

सारांश

  • काठमाडौँ ।
  • चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।
  • नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेर रू नौ खर्ब तीन अर्ब ३९ करोड पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गत चैत सम्ममा नेपालले प्राप्त गरेको विप्रेषण अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा विप्रेषण आप्रबाह वृद्धिदर १३ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव ५ प्रतिशतले बढेर ३ तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९ दशमलव ९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
सावधान पेट्रोल पम्पले ठग्न सक्छन्, यी ८ कुरामा ध्यान दिनुस्
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
Meet Bollywood celebrities who are battling serious diseases!
Meet Bollywood celebrities who are battling serious diseases!
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
अस्ट्रेलियन प्रधानमन्त्रीले दिए नेपालीलाइ नयाँवर्षको शुभकामना
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
हेटौडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउन माग
हेटौडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउन माग