रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २७, २०७७
|
|
२५ पटक हेरिएको
Shares
रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या

सारांश

  • रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक हत्या भएको छ ।
  • गाई फार्ममा काम गर्ने ५ जनाको हत्या गरेको हुन सक्ने आशंकामा गाई फर्ममै काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।
  • उनी हत्याको केही समयपछि फर्मबाट भागेका थिए ।

रुपन्देहीको तिलोत्तमा १० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक हत्या भएको छ । गाई फार्ममा काम गर्ने ५ जनाको हत्या गरेको हुन सक्ने आशंकामा गाई फर्ममै काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । उनी हत्याको केही समयपछि फर्मबाट भागेका थिए । प्रहरीले समात्दा उनी अचेत भएपछि अस्पताल लगिएको छ । गाई फर्मका सञ्चालक कृष्ण कुँवरले काम गर्नेहरुबीच कहिल्यै झै–झगडा भएको नसुनेको बताए ।

हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका कोषराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।

रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । मुसहर दम्पत्तीसहित तीन जना लामो समयदेखि फर्ममा काम गर्दै आएका थिए । दुई चौधरी भने कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याबारे अनुसनधान भइरहेको जानकारी दिएको छ।

(https://boxmining.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?