आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
२० पटक हेरिएको
Shares
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली

सारांश

  • काठमाडौँ ।
  • देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
  • पहाडी भू–भागमा आंशिक छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।पहाडी भू–भागमा आंशिक छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको आँकलन गरिएको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?