प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन

सारांश

  • प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लगाइएको छ ।
  • लामो समयपछिको रस्साकस्सीपछि मतदानको सराहा लिंदै प्रदेश राजधानी विराटनगर नै रहने निर्णय गरिएको हो ।
  • राजधानी टुंगो लागे पनि प्रदेशको नाम भने प्रदेशसभाले राख्न सकेको छैन ।

प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लगाइएको छ । लामो समयपछिको रस्साकस्सीपछि मतदानको सराहा लिंदै प्रदेश राजधानी विराटनगर नै रहने निर्णय गरिएको हो । राजधानी टुंगो लागे पनि प्रदेशको नाम भने प्रदेशसभाले राख्न सकेको छैन । सोमबारको प्रदेशसभा बैठकले यस अघि अस्थायी राजधानी रहेको विराटनगरको पक्षमा परेको प्रस्तावलाई पारित गर्दै स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । प्रदेशसभाबाट पारित भएको प्रस्तावको भाषाले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना भने जीवितै राखेको छ ।

साँझ अवेर सम्पन्न मतदानमा सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको विराटनगरको पक्षमा २ तिहाई मत खसेको थियो ।

राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । नेकपाको प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ मा १९३ प्रदेश सभा सदस्य रहेका छन् । प्रदेशसभा सदस्यहरु कंग्रेसबाट ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधरी, नेकपाबाट गणेश काङमाङ, संघीय समाजवादी फोरमबाट रामचन्द्र लिम्बू र राधा थापा मतदानमा उपस्थित भएनन् ।

विराट बृहत क्षेत्र अन्तर्गतको विराटनगर, इटहरी र सुन्दरहरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पनि दुई तिहाईबाट हुबहु पारित भएको छ । संसदमा दुईतिहाई रहेको नेकपाले दर्ता गराएको प्रस्तावमा ‘प्रदेश १ को राजधानी विराटनगर रहने छ’ भन्ने उल्लेख छ । त्यसको कैफियतमा ‘कार्यपालिका, व्यवस्थापिकालगायतका संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ’ भन्ने उल्लेख गरेका कारण यसले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर राजधानी बनाउनुपर्छ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताए । ‘राजधानीको टुंगो लागेको छ,’ उनले भने, ‘संरचनाका विषयमा अगामी दिनमा थप गृहकार्य र छलफल गरेर अघि बढ्ने छौं ।’

कांगे्रेस प्रदेशसभा सचेतक सुयर्माराज राईले सत्तारुढ नेकपासग भद्र सहमति भएपछि कांग्रेसले मतदानमा सहभागिता जनाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी
वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
३ शिशुसहित बालबालिका गरी कुल ६८ यात्रु, यी चारजना थिए चालक दलका सदस्य
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी
आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो
आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
नेपाली चेली खोज्न भारतमा ‘अपरेशन’
नेपाली चेली खोज्न भारतमा ‘अपरेशन’
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो  !
मूख्यमन्त्रीका लागि सासंद खरिदको सम्भावना बढ्यो !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार