४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता

सारांश

  • काठमाडौं, १७ पुस ।
  •  रुसको ४८ तले घरमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
  • ४० जना वेपत्ता भएका छन् ।

काठमाडौं, १७ पुस । रुसको ४८ तले घरमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । ४० जना वेपत्ता भएका छन् । नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् ।

भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अधिकारीका अनुसार विष्फोट ग्यास चुहिएर भएको हो । भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको रुसी समाचार च्यानल वेस्तीले जनाएको छ ।

त्यसमा सात जना बालबालिका छन् । घाइतेहरुलाई अस्पताल पठाइएको छ । अन्य व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ । उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरेका छन् । उनले उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?