आजको राशीफल :

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
१९ पटक हेरिएको
Shares
आजको राशीफल :

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
व्यापार ब्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नैं यात्रा शुरु गर्नुहोला । आजको दिन गृहस्थ कार्यमा समय दिनुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईको लागि फाइदा हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । समयमा विचार गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम शुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन हुने तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन गराउनुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुपर्ने हुनेछ ।[image: rashiphal.jpg]

(https://www.saasgenius.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
बैतडीमा १५० घर पहिराेकाे जोखिममा !
बैतडीमा १५० घर पहिराेकाे जोखिममा !
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु
अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्यु
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै

तपाईंले छुटाउनुभयो कि?