सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा
सारांश
- सशस्त्र प्रहीमा ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा भएको छ ।
- सशस्त्र प्रहरी नियमावली, २०७२को नियम ३९ को (ख) बमोजिम सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
- बढुवा हुनेमा एसएसपी कृष्णभक्त ब्रम्हचार्य पहिलो नम्बरमा रहेका छन् ।
सशस्त्र प्रहीमा ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा भएको छ । सशस्त्र प्रहरी नियमावली, २०७२को नियम ३९ को (ख) बमोजिम सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा हुनेमा एसएसपी कृष्णभक्त ब्रम्हचार्य पहिलो नम्बरमा रहेका छन् । यस्तै एसएसपीहरु वंशीराज दाहाल, हरि शंकर बुढाथोकी, ईं. किशोर प्रधान र राजेन्द्र बस्नेत पनि डीआइजीमा बढुवा भएका हुन् ।
बढुवा समतिको सिफरिसमाथि चित्त नबुझेमा नियम अनुसार सात दिनभित्र बढुवामाथिको उजुरी सुन्न समितिसमक्ष उजुरी दिन सकिने बढ्वा समितिका सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले जानकारी दिएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया