दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

सारांश

  • दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।
  • दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो ।
  • तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो ।

दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो ।
तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो ।

सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो सङ्ख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ ।

सन् २०२० बाट वार्षिक रुपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसङ्ख्या घटदै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरु बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरुको संख्या घट्दै जाने तथ्याङ्क विभागले बताएको छ ।

सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ ।

यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक
सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक
तरकारी र फलफूलको बलि दिएर दशैँ मनाइयो
चैती छठ पर्व सम्पन्न
चैती छठ पर्व सम्पन्न
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
स्याफ्रुवेसी रसुवागढी सडक अवरुद्ध हुँदा चीनसँगको यातायात सम्बन्ध विच्छेद
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
सुन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
चुनावको मिति नजिकिएसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेको भीड दिनप्रति दिन बढ्दै
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

तपाईंले छुटाउनुभयो कि?