प्रियंका चोपडा यसकारण सलमान खान फकाउँदै
सारांश
- प्रियंका चोपडाले सलमान खानको ‘भारत’ चलचित्र छोड्नुको खास कारण त अझै पनि सार्वजनिक भएको छैन तर प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड किमसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको कुरा चर्चामा छ ।
- यो विषयले सलमान र प्रियंका बीच दूरी बढेको कुराले पनि थप चर्चा बटुलेको छ ।
- यसैबीच प्रियंकाको हलिउड चलचित्र पछाडि धकेलिएको खबर प्राप्त भएपछि उनी तनावमा छिन् ।
प्रियंका चोपडाले सलमान खानको ‘भारत’ चलचित्र छोड्नुको खास कारण त अझै पनि सार्वजनिक भएको छैन तर प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड किमसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको कुरा चर्चामा छ ।
यो विषयले सलमान र प्रियंका बीच दूरी बढेको कुराले पनि थप चर्चा बटुलेको छ । यसैबीच प्रियंकाको हलिउड चलचित्र पछाडि धकेलिएको खबर प्राप्त भएपछि उनी तनावमा छिन् । अर्काे तिर सलमान रिसाएको कुराले पनि प्रियंकामाथि थप तनाव बढेको छ । याे बीचमा प्रियंकाले सलमान खानलाई खुशी पार्नका लागि उनको ब्यानरमा रहेको चलचित्रको तारीफ गर्ने बहाना चुनेकी छन् ।
Welcome to the movies my friend @aaysharma… From the looks of this trailer, you’re gonna make quite the debut! All the best @Warina_Hussain and lots of love to the #Loveratri team https://t.co/jFS0sIdk8x
— PRIYANKA (@priyankachopra) August 9, 2018
‘मेरो साथी आयुष, चलचित्रमा स्वागत छ, यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिमि शानदार डेब्यू गरिरहेका छौँ, अल द वेष्ट ‘लवरात्रि’ टिमलाई लाई धेरै धेरै माया ।’ प्रियंकाले पोष्ट गर्दै भनेकी छन् ।
चलचित्र ‘भारत’का लागि सलमान र प्रियंका झण्डै एक दशकपछि एकैसाथ काम गर्न लागेका थिए तर प्रियंकाले यो चलचित्र छोडेकी छन् ।
सलमानले प्रियंकाले साँचो कुरा लुकाएका कारण अहिले समस्या भएको बताएका थिए । त्यस लगत्तै प्रियंकाले सलमानको चलचित्रका लागि यस्तो स्टाटस पोष्ट गरेकी हुन्
प्रतिक्रिया