आजदेखि पातलो प्लास्टिकको झोला प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १, २०७९
|
|
३३ पटक हेरिएको
Shares
आजदेखि पातलो प्लास्टिकको झोला प्रतिबन्ध

सारांश

  • वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो ।
  • यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो ।
  • तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन ।

वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजबाट कडाइका साथ लागु गर्ने भएको हो ।

यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम बनाएको थियो । तर, त्यही महिना जनधनको ठूलो क्षति पुर्याउने गरी गएको भूकम्पको कारण कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने प्रवक्ता मेघनाथ काफ्लेको भनाइ थियो ।

गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न सरकारले ४० माइक्रोनभन्दा पातलो झोलामा आजबाट प्रतिबन्ध लगाएको हो ।

(https://gravityhair.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?