कांग्रेसको जागरण अभियान र गुटको डर
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसले एकसाता पछि देशभरै जागरण अभियान सुरु गर्ने भएको छ ।
- वैशाख २५ देखि कांग्रेसले जागरण अभियान शुरु गर्ने भएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले एकसाता पछि देशभरै जागरण अभियान सुरु गर्ने भएको छ । वैशाख २५ देखि कांग्रेसले जागरण अभियान शुरु गर्ने भएको हो ।
केन्द्रीय अनुशासन समितिले पार्टीको जागरण अभियान अनुगमन तथा निरीक्षण गर्न नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघलाई जिम्मेवारी दिने भएको छ । अभियान गुट उपगुटको हुनसक्ने भन्दै समितिले कानुन व्यवसायीलाई जिम्मेवारी दिएको हो ।
जागरण अभियानको क्रममा पार्टीका नेताहरू जिल्लामा पक्ष र विपक्षका नेता तथा कार्यकर्ताको जाने चलन भएकाले गुटगत कार्यक्रम हुनसक्ने आशंका गरिएको छ ।
लोकतन्त्र दिवसका अवसर पारी थाल्ने भनिएको अभियान नेता रामकृष्ण ताम्राकारको निधनले स्थगित गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया