दृष्टिविहीनलाई सहकारीको सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
दृष्टिविहीनलाई सहकारीको सहयोग

सारांश

  • बिरुवा बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपाललाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।
  • सो सहकारी संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाका तर्फबाट दाल, चामल, नून, तेल, आलु, प्याजलगायतका विभिन्न खाद्य सामग्री एवं रु ११ हजार सहयोग गरेको हो ।
  • सहकारीका उपाध्यक्ष शिवराज आचार्यका अनुसार सामाजिक उत्तरदायित्वतर्फ सहयोग गरिएको नगदसहितको खाद्यान्न सामग्री दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपालका संस्थापक अध्यक्ष आइतसिंह तामाङलाई हस्तान्तरण गरिएको थियो ।

बिरुवा बचत तथा ऋण सहकारी संस्थाले पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपाललाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।

सो सहकारी संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थाका तर्फबाट दाल, चामल, नून, तेल, आलु, प्याजलगायतका विभिन्न खाद्य सामग्री एवं रु ११ हजार सहयोग गरेको हो ।

सहकारीका उपाध्यक्ष शिवराज आचार्यका अनुसार सामाजिक उत्तरदायित्वतर्फ सहयोग गरिएको नगदसहितको खाद्यान्न सामग्री दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपालका संस्थापक अध्यक्ष आइतसिंह तामाङलाई हस्तान्तरण गरिएको थियो ।

घर भाडामा लिएर सञ्चालन गरिएको सो संस्थामा हाल ३० जना दृष्टिविहीन एवं अपांगता भएका व्यक्ति रहेका छन् । उनीहरु दिनभरि पोखरा बजारका चोकमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी संकलन भएको रकमबाट जीविकोपार्जन गर्दै आएको अध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?