नेपालकाे दबाबमा नामिबिया: सात विकेट झर्याे
सारांश
- काठमाडौं, माघ २५ ।
- आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो खेलमा घरेलु टोली नामिबियाविरुद्व खेलिरहेको नेपालले सात विकेट लिएको छ ।
- उसले ताजा स्थितिमा २६ ओभरमा ७ विकेट गुमाएर एक सय १६ रन जोडेको छ ।
काठमाडौं, माघ २५ । आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो खेलमा घरेलु टोली नामिबियाविरुद्व खेलिरहेको नेपालले सात विकेट लिएको छ ।
उसले ताजा स्थितिमा २६ ओभरमा ७ विकेट गुमाएर एक सय १६ रन जोडेको छ । ८१ रन जोड्दा ६ विकेट गुमाएको नामिबियाले सातौ विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो। शरद भेषावकरले पछिल्लो विकेट लिएका हुन्।
७५ रन जोड्दा दुई विकेट गुमाएको नामिबिया एकाएक दबाबमा आएको हो ।
सोमपाल कामीले सुरुवाती दुइ विकेट लिएको यो खेलमा सन्दीप लामिछानेले दुई तथा बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट लिएका छन् ।
सन्दीपले चार ओभरमा एक मेडन राखेर सात रन खर्चिएका छन् । पारसले चार ओभरमा दुइ मेडन राखेर १६ रन खर्चदै एक विकेट हात पारेका छन् । सन्दीपले ४१ रन बनाएका क्रेग कोलिन्ससहित कप्तान बर्गरलाइ पनि आउट गरे ।
नामिबियाले पहिलो १० ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको थियो। नामिबियाका प्रारम्भिक ब्याट्सम्यानद्धय स्टेफान बार्ड १८ र एलपी भान डर वेस्थुजेन एक रनमा आउट भएका थिए ।
नामिबियाले पहिलो विकेटका लागि तीन, दोस्रोको लागि १९ र तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।
बसन्तले तेस्रो विकेट लिएका थिए । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
Tilak Thapa
Good