दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
दाेस्राे पटक थपेकाे म्याद सकिँदा पनि बनेन पुल, जिल्लावासी आक्रोशित

सारांश

  • खोटाङ, ३० साउन ।
  • तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुज्रँदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् ।
  • हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

खोटाङ, ३० साउन । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुज्रँदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष ०७४÷७५ असार मसान्तभित्रमा पुल निर्माण सम्पन्न गर्ने बताउँदै आएको थियो ।

रु ६ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण थालिएको पुलको अझै ३० प्रतिशत काम बाँकी रहेको छ । फर्मा र रड अड्याएर ढलान गर्न ठड्याइएको फलामे टेको बगाएपछि निर्माण पछाडि धकेलिएको ठेकेदार कर्ण खत्रीले बताए । “वर्षाका कारण पुलको काम असार मसान्तभित्रमा पूरा गर्न सकिएन”, उनले भने, “अहिले ७० प्रतिशत काम सकिएको छ, कात्तिकसम्ममा पूरा गर्छौं ।”

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गको रूपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै ठेकेदारविरुद्ध चर्को आलोचना हुने गरेको छ । पुल निर्माणको काममा ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीयवासीको गुनासो छ । पुल निर्माण नहुँदा हिउँदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
‘जेन-जी’ आन्दोलन :ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी, अखिलको ‘काउण्टर’
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व सिर्जना !
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
पाल्पा, भोजपुर,बझाङको ताजा मत पारीणाम
प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय
प्रदेश २ को सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय
Webroot Review – What You Need to Know
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली