बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै

सारांश

  • काठमाडौं, ३० चैत ।
  • बोआओ सम्मेलनलाई छल्न प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएको भन्दै असन्तुष्ट चीनसँग सम्बन्ध सुधार्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन जाने भएका छन् ।
  • पाँच दिने औपचारिक भ्रमणका लागि उनी सोमबार बेइजिङ जान लागेको स्रोतले बताएको छ ।

काठमाडौं, ३० चैत । बोआओ सम्मेलनलाई छल्न प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएको भन्दै असन्तुष्ट चीनसँग सम्बन्ध सुधार्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन जाने भएका छन् । पाँच दिने औपचारिक भ्रमणका लागि उनी सोमबार बेइजिङ जान लागेको स्रोतले बताएको छ ।

बेइजिङमा उनले चीनका प्रधानमन्त्री लि खछियाङ र उनका चिनियाँ समकक्षी वाङसँग भेटवार्ता गर्ने भएका छन् । सो क्रममा उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिकाका विषयमा पनि कुराकानी गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले चीनसँग सुदृढ सम्बन्ध बनाएका थिए । तर, यसपटक चीन रिसाएपछि ओलीले आफ्ना विश्वास पात्र ज्ञवालीलाई बेइजिङ पठाउन लागेको स्रोतको भनाइ छ ।

बोआओ सम्मेलनमा यसपल्ट चीनले नेपाललाई निमन्त्रणा नै नगरेको तथ्य खुलेको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै यो रहस्य खोलेका हुन् । सम्मेलनको एक साताअघि भारतले नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सार्वजनिक गरेपछि चीन असन्तुष्ट भएर नेपाललाई निमन्त्रणा नै नगरेको बुझिएको छ । सो सम्मेलनलाई चिनियाँ राष्ट्रपति सि जिन पिङलगायत पूर्वी एसिया प्रान्तका देशहरूका राष्ट्र प्रमुख र सरकार प्रमुखको उपस्थिति थियो ।

बोआओ सम्मेलनमा यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गरिसकेका छन् । यदि यसपटक सो सम्मेलनमा नेपालका प्रधानमन्त्री सहभागी भएको भए चीनका राष्ट्रपति सिले नेपालको राजकीय भ्रमण गर्ने निश्चित रहेको स्रोतले बताएको छ । बोआओ सम्मेलनकै बेला चीनको भ्रमणमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समेत एकजना मन्त्री भए पनि नेपालले पठाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?