नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
नेकपा एकता : यी हुन् माओवादीले पाएका जिल्ला अध्यक्षहरू (सूचीसहित)

सारांश

  • काठमाडाैं।
  • नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ।
  • तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ।
काठमाडाैं। नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ। तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ।
७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि प्राप्त भएको छ। 
जसअनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ ।  त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ। 
माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेकोतर्फबाट सचिव रहने र एमालेकोतर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको छ।
यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु ?
 
प्रदेश १ 
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ  ः देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का
प्रदेश २ 
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३ :
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
गण्डकी प्रदेश 
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
प्रदेश ५ 
बांके : आइपी खरेल 
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश 
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु  : सुखवीर बुढा
सुदुरपश्चिम प्रदेश
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?