आजबाट डा.भीम रावल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२० पटक हेरिएको
Shares
आजबाट डा.भीम रावल

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् ।
  • उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

काठमाडौं, ३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो । उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो । रावलको गाइडमा प्राध्यापक डा. मीना वैद्य थिइन् ।

पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए । उनी रिसर्चका लागि सक्रिय भई लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?