वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक

सारांश

  • पोखरा, ६ मंसिर ।
  • नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा कास्की क्षेत्र नं २ र प्रदेशसभा क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
  • प्रतिबद्धतापत्रमा पोखरालाई विकसित, समुन्नत र आर्थिक समृद्धिको शहर, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्पmत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पोखरा, ६ मंसिर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा कास्की क्षेत्र नं २ र प्रदेशसभा क्षेत्र नं २ (क) र (ख) का उम्मेदवारले आज साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा पोखरालाई विकसित, समुन्नत र आर्थिक समृद्धिको शहर, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्पmत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पोखरा–जोमसोम–कोरलानाकाबाट चीन जोड्ने, पोखरा भिमाद कावासोतीबाट भौसालोटन हुँदै भारत जोड्ने र ४ नं . प्रदेशको राष्ट्रिय लोकमार्ग निर्माण कार्यलाई अगाडि बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

पोखराको खानेपानी आयोजनामा दोब्बरभन्दा बढी क्षमता भएका पाइप लाइन विस्तार र विभिन्न ठाउँमा पानी संकलन ट्याङ्की र शुद्ध फिल्टर राख्ने, महानगरलाई स्वच्छ, सफा एवं सरसफाइयुक्त शहर बनाउन ढल निर्माण र ल्याण्डफिल्ड साइड बनाउने जस्ता कार्य गर्ने बताइएको छ ।

नेकपा (एमाले) स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै वाम गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित भएकाले वाम गठबन्धनको सरकारले प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

कास्की प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार रविन्द्र अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने वामपन्थीको सरकारले साझा प्रतिबद्धता क्रमगत रुपमा पूरा गर्दै अघि वढ्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा कास्की क्षेत्र २ मा वाम गठबन्धनबाट एमालेका रविन्द्र अधिकारी, प्रदेशसभा क्षेत्र नं २ (क) बाट एमालेका कृष्ण थापा र (ख) मा माओवादी केन्द्रबाट राजकाजी गुरुङ उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?