आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !

सारांश

  • काठमाडौं ।
  • आज मे पहिलो दिन अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस ।
  • आज विश्वभर मजदुर दिवसको रूपमा मनाइन्छ।

काठमाडौं । आज मे पहिलो दिन अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज विश्वभर मजदुर दिवसको रूपमा मनाइन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

आजका दिन अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ ९स्वतन्त्र०लगायतका मजदुर सङ्गठनले सभा (यालीलगायतका विविध कार्यक्रम गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?