धौलीगङ्गा बाँध मङ्गलबार खोलिने : सतर्कता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
धौलीगङ्गा बाँध मङ्गलबार खोलिने : सतर्कता अपनाउन आग्रह

सारांश

  • बैतडी ।
  • भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ ।
  • एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ ।

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्सातको बेला हरेक वर्ष खोलिने गर्दछ ।

परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
आजदेखि ‘छ माया छपक्कै’ प्रदर्शनमा, सबैतिर हाउसफुल
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
म्यान्माली नागरिक विस्थापित हुने क्रम जारी
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त
खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास नियुक्त
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
राप्रपा एकता वार्ता सम्पन्न्
राप्रपा एकता वार्ता सम्पन्न्

तपाईंले छुटाउनुभयो कि?