दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

सारांश

  • काठमाडौँ, ३१ साउन ।
  • काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ ।

काठमाडौँ, ३१ साउन । काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११ जनाको ज्यान गएको छ । सो अवधिमा १४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।“मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले भने  । यस्तै पैदलयात्रु ६३, ट्रक चार, साइकल तीन, बस आठ, टेम्पो एक र कार दुर्घटनामा चार जनाको ज्यान गएको थियो ।

आव ०७३÷७४ मा उपत्यकामा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु भएकामा पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७७, ट्रक दुर्घटना चार, बस दुर्घटना सात, टेम्पो दुर्घटनामा एक र कार दुर्घटनामा नौजनाको मृत्यु भएको थियो । आव ०७३÷७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको हो ।उपत्यकामा मात्र आव ०७४÷७५ मा ११ हजार ५०७ दुर्घटना भएकामा एक हजार ५८० ट्रक, एक हजार ३२७ बस, ४१० माइक्रो, तीन हजार ८९० कार, भ्यान, जीप, चार हजार ४६ मोटरसाइकल, स्कुटर, १०३ टेम्पो परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
केही दिन वर्षाको पानी प्रयोग नगर्न सुझाव
केही दिन वर्षाको पानी प्रयोग नगर्न सुझाव
कुल संक्रमितमध्ये ०.२१ प्रतिशतको मृत्यु, ४१.५ प्रतिशत संक्रमणमुक्त
कुल संक्रमितमध्ये ०.२१ प्रतिशतको मृत्यु, ४१.५ प्रतिशत संक्रमणमुक्त
भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?
भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
२०१८ कै चर्चित प्रसंग #ME TOO ह्यासट्याग,हलिउड देखि बलिउडसम्म को को मुछिए ?
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
तनहुँमा गठबन्धन दलमा सहमति भएन, एक्लाएक्लै उम्मेद्‌वारी दिँदै
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
Finest Consumer VPN

तपाईंले छुटाउनुभयो कि?