विद्यालय शिक्षा अभियान कार्ययोजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विद्यालय शिक्षा अभियान कार्ययोजना

सारांश

  • विराटनगर, १९ साउन, प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।
  • मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताउनुभयो ।
  • संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ ।

विराटनगर, १९ साउन, प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

मन्त्रालयले बनाएको कार्ययोजनामा विद्यालय जाने उमेरका बालबालिकाको भर्ना दरलाई स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा शतप्रतिशत पु¥याउने योजना अनुसार सञ्चालन गरेको भर्ना अभियान निकै प्रभावकारी बनेको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरे बताउनुभयो ।

संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आगमन वृद्धि हुन सुखद भएको मानिएको छ, भने विद्यालय छाड्ने दरलाई न्यून गर्न तथा माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क गरी गुणस्तरीय शिक्षामा जोड दिने लक्ष्यका साथ नयाँ–नयाँ विद्युतीय प्रविधि शिक्षणका लागि अभ्यास गर्न अभिप्रेरित गरिने मन्त्रालयको योजना छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरस्वती मावि काजुपाडा रतुवामाई नगरपालिका मोरङका कक्षा नर्सरीमा भर्ना भएका एलिशा खातुन, सुदर्शन मुर्मू र विनोद मुर्मूको अध्यायन सम्बन्धमा अभिभावकत्व ग्रहण गर्नुलाई प्रदेश सरकारको शिक्षा प्रतिको प्रतिबद्धता पूरा हुने विश्वास लिइएको छ ।

यसैगरी, सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनता मावि थलाहा कटहरीमा पाठ्यपुस्तक र विद्यालय ब्याग वितरण गर्नुका साथै सो विद्यालयमा प्रारम्भिक बालविकास शिक्षामा भर्ना भएका अनिश सरदार र सुष्माकुमारी सरदारको अभिभावकत्व जिम्मा लिने घोषणा गर्नु मन्त्रालयको महत्वपूर्ण कार्य भएको छ ।

संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्नुका साथै मन्त्रालयबाट निर्देशिका तयार गरी सबै स्थानीय तह प्याब्सन एन प्याब्सन र १४ वटै शिक्षा विकास तथा समन्वय इकाई पठाइ प्रत्येक संस्थागत विद्यालयले स्थानीय तहको सिफारिसमा एकजना सीमान्तकृत तथा दलित समुदायको विद्यार्थीलाई निःशुल्क अध्यापन गराउनका लागि निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ : सांसद पन्त
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
मन्त्री बास्कोटाद्वारा हुवाबेलाई ३२ करोड जरिवाना
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा
प्रवासी नेपालीहरुका यस्ता समस्या नेपालका दुई मन्त्रीहरुको टेबुलमा
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
एक लाख ३५ हजार भारुमा १७ वर्षीया युवतीलाई बेच्ने युवक पक्राउ
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
पशुपति क्षेत्रभित्र बेञ्चमा बस्दा मृत्यु !
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान
अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान

तपाईंले छुटाउनुभयो कि?