धन हुनेलाई ज्यान मार्न छुट ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
धन हुनेलाई ज्यान मार्न छुट ?

सारांश

  • लकडाउनको कारण अदालत पूरै खुलिनसकेता पनि मौकामा चौका हान्दै एक धनाढ्यले कर्तव्यज्यान मुध्दामा सफाइ पाएर हिजो बिहिवार दिउँसो डिल्लीबजार कारागारबाट मुक्त भएका छन् !
  • २१ वर्षका पृथ्वीबहादुर मल्लले हाँकेको बा.
  • १४ च ६१२३ नम्बरको कारले किचेर गत मंसिर २८ गते बिहान झिसमिसेमा बुढानीलकण्ठ नजिकै ३८ वर्षकी लीला देवकोटाको निधन भएको थियो ।

लकडाउनको कारण अदालत पूरै खुलिनसकेता पनि मौकामा चौका हान्दै एक धनाढ्यले कर्तव्यज्यान मुध्दामा सफाइ पाएर हिजो बिहिवार दिउँसो डिल्लीबजार कारागारबाट मुक्त भएका छन् !

२१ वर्षका पृथ्वीबहादुर मल्लले हाँकेको बा.१४ च ६१२३ नम्बरको कारले किचेर गत मंसिर २८ गते बिहान झिसमिसेमा बुढानीलकण्ठ नजिकै ३८ वर्षकी लीला देवकोटाको निधन भएको थियो । देवकोटा मन्दिर दर्शन गरेर घर फर्कंदै थिइन् ।

परिवार, प्रहरी र सरकारी वकिललाई ५४ लाख दिएर उक्त प्रकरण उतिबेलै राफसाफ पार्न लागिएको चर्चा थियो ! छ महिनाअघि प्रहरीले दायर गरेको सवारी ज्यानसम्बन्धी यही मुद्दामा हिजो जिल्ला अदालत काठमाडौंले मल्ललाई सफाई दिएको छ । प्रहरीले घटनास्थलको प्रकृति र सिसीटीभीफुटेजको आधारमा कारले ठक्कर दिएपछि ढलेकी महिलालाई गाडी ब्याक गरेर मारेको अभियोगअन्तर्गत मल्लमाथि ज्यान मुद्दा दावी गरे पनि अदालतले सारा तथ्य प्रमाणप्रति आँखा चिम्लिएको हो ।

मल्ल अमेरिकाबाट बिदामा नेपाल आएको केही दिनमै भएको उक्त घटनाको बखत कारभित्र उनका साथी २० वर्षका करिश मास्के र अन्य दुईजना केटी पनि थिए । प्रहरीको मुचुल्कामा चालकले मादकपदार्थ सेवन गरेको पाइएको थियो । अघिल्लो रात शिवपुरीस्थित एउटा रिसोर्टमा ‘नाइट हल्ट’ गरेर बिहानीपख फर्कने क्रममा उक्त घटना भएको हो ।कारमा रहेका दुईजना युवतीमध्ये एउटी मोडल परमिता राज्यलक्ष्मी राणा थिइन् । जसले घटनाको झण्डै एक महिनापछि वास्तविकता उदाङ्गो पार्दै लामो स्टाटस लेखिन् । जसमा उनले कारमा रहेका चारजनाको कारण एउटी निर्दोष महिलाको ज्यान गएकोमा आफू दुःखित भएको बताएकी थिइन् ।-जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
सूचनाको हकलाई तल्लो तहसम्म पु-याउन राष्ट्रिय सम्मेलन
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
सरकारी डाक्टरले आन्दोलन गर्दा महिनौं अघिका अप्रेसनका बिरामी अलपत्र
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
जेन–जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको रमेश लेखकको दाबी
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
SRK, Ranbir, Nita Ambani and others dance at Akash-Shloka’s engagement!
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै

तपाईंले छुटाउनुभयो कि?