आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सारांश

  • काठमाडौँ ।
  • नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुने भएको छ ।
  • गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको थियो ।

काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुने भएको छ ।

गत साता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।

उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थिए भने पीडित (गौशाला–२६) ले घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गरेका थिए ।

त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

तर यसबीचमा अदालतमा फरक–फरक जन्म मिति भएका कागजहरू आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्म दर्ता गर्दाको जन्म मिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्म दर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।

न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोग पत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्म मिति १८ जेठ २०६२ नै उल्लेख छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?