रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
१९१ पटक हेरिएको
Shares
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ

सारांश

  • काठमाडौं, ९ फागुन एग्रिकल्चरल रिसर्च भिषामा जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई ठगी गर्ने काठमाडौं बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक काभ्रेपलाञ्चोक सस्र्युखर्क गाविस–७ का ३१ वर्षीय देवराज तामाङलाई महानगरीय अपराध महाशाखाले फागुन ६ गते काठमाडौं बसुन्धराबाट पक्राउ गरेको छ ।
  • तामाङले उक्त कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाइदिने, यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भनी खोटाङ बाहुनीडाँडा गाविस–९ की छपन सरी राईबाट पेश्की स्वरुप २ लाख ५ हजार तथा धादिङ जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनी, काठमाडौं सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई जनही ९ लाख ५० हजार लाग्ने भनी ८ लाख ४० हजार गरी जम्मा १० लाख ४५ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको महाशाखामा निवेदन प्राप्त भएपछि महाशाखाको विशेष टोलीले तामाङलाई पक्राउ गरेको हो ।
  • साथै तामाङले निज छपनसरी राईको नाममा होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको नक्कली कागजात बनाई मेडिकल लगायतका प्रकृया गरी विश्वासमा पारेको खुल्न आएको छ ।

काठमाडौं, ९ फागुन
एग्रिकल्चरल रिसर्च भिषामा जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई ठगी गर्ने काठमाडौं बसुन्धारास्थित चण्डिका इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक काभ्रेपलाञ्चोक सस्र्युखर्क गाविस–७ का ३१ वर्षीय देवराज तामाङलाई महानगरीय अपराध महाशाखाले फागुन ६ गते काठमाडौं बसुन्धराबाट पक्राउ गरेको छ ।
तामाङले उक्त कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको कुक भिषामा जापान पठाइदिने, यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भनी खोटाङ बाहुनीडाँडा गाविस–९ की छपन सरी राईबाट पेश्की स्वरुप २ लाख ५ हजार तथा धादिङ जीवनपुरका हिरालाल ठकुरी, गोकुल रेग्मी, लक्ष्मण रेग्मी, रमेश सेढाई, बलराम गजुरेल, धादिङ छत्रेदेउरालीका शम्भुप्रसाद लोहनी, काठमाडौं सितापाईलाका सुदन भट्टराई समेत ७ जनालाई जनही ९ लाख ५० हजार लाग्ने भनी ८ लाख ४० हजार गरी जम्मा १० लाख ४५ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भई ठगी गरेको महाशाखामा निवेदन प्राप्त भएपछि महाशाखाको विशेष टोलीले तामाङलाई पक्राउ गरेको हो । साथै तामाङले निज छपनसरी राईको नाममा होटल ट्रेनिङ प्राप्त गरेको र होटलमा काम समेत गरेको अनुभव भएको नक्कली कागजात बनाई मेडिकल लगायतका प्रकृया गरी विश्वासमा पारेको खुल्न आएको छ ।
तामाङलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
हतियार बुझ्ने क्रममा एकजना प्रहरी जवान घाइते
बैशाख १५ गते बुधवारको राशिफल यस्तो छ
बैशाख १५ गते बुधवारको राशिफल यस्तो छ
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!
सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!