दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
दुई बुँदे सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार

सारांश

  • काठमाडौं, १८ फागुन – संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ ।
  • संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो ।
  •  आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

काठमाडौं, १८ फागुन – संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ । संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

‘उहाँहरू दुईबुँदे सहमतिमार्फत सरकारमा सामेल हुन तयार हुनुभएको छ, सहमतिका लागि अन्तिम मस्यौदा पनि बनिसकेको छ,’ फोरमसँगको छलफलका लागि गठित कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘तर, शीर्ष तहमा मन्त्रालय बाँडफाँडसहित प्याकेजमा कुरा मिल्न बाँकी नै रहेकाले छलफल लम्बिँदै गएको हो ।’

दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले फोरमसँगको वार्ता नटुंगिएकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन कम्तीमा आइतबारसम्म कुर्नुपर्ने बताए ।

मन्त्रालयबारे फोरमले आन्तरिक छलफल गर्ने
सरकारमा सहभागिताबारे करिब–करिब राजनीतिक सहमति भइसके पनि मन्त्रालय बाँडफाँडसहित प्याकेज सहमति हुन नसकेपछि फोरमले आन्तरिक छलफल गर्ने भएको छ । ‘समाजवादसम्म पुग्ने र समाजवादको मौलिक मोडल अपनाउने विषयमा आधारभूत रूपमा सहमति नै रहेकाले नमिल्ने स्थिति नै छैन, हामी छलफलमै छौँ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘तर, सबै टुंगो लगाउन अझै दुई–चार दिन लाग्न सक्छ, हामी पार्टीमा छलफल गरेर अघि बढ्दै छौँ ।’

यी हुन् फोरमबाट मन्त्रीका दाबेदार
फोरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेताहरू इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार हुन् । अध्यक्ष यादव कम्तीमा ३ देखि ४ जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने गरी दुईवटा प्रभावशाली मन्त्रालय लिने योजनामा छन् ।

यादवको चाहना मर्यादाक्रममा अघि
अध्यक्ष यादवले मन्त्रिपरिषद्मा सहभागितासँगै आफ्नो मर्यादाक्रमबारे पनि कुरा राखेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा उनले मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो । अन्य मन्त्रीहरू पार्टी अध्यक्षको हैसियतमा सहभागी नहुने, उपप्रधानमन्त्री र दुई–दुईपटक परराष्ट्रमन्त्री भएकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्ने यादवको दाबी छ । तर, प्रधानमन्त्री ओलीले भने यसबारे कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

यस्तो छ सहमतिको मस्यौदा

१. संविधान संशोधनबारे
संघीय समाजवादी फोरमले उठाउँदै आएको संविधान संशोधनसँग सम्बन्धित माग र मुद्दा संविधान संशोधनको माध्यमबाट संशोधन गर्ने । त्यस्तै, कतिपय विषय र एजेन्डा सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिनेछ । यी सबैको गृहकार्य गर्न आवश्यकताअनुसार संयन्त्र निर्माण गरेर अघि बढ्न सहमत भएका छौँ ।

२. सरकारमा सहभागिताबारे

एमाले र माओवादी केन्द्रसँग सरकारमा सहकार्य गर्दै अघि बढ्न संघीय समाजवादी फोरम सहमत भएको छ ।

सरकारको प्रस्ताव २ फोरमको माग ३ मन्त्रालय

सरकारमा सहभागिताको विषयलाई लिएर सत्तारुढ एमाले–माओवादी र फोरम नेताहरूबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भयो । तर, मन्त्रालय बाँडफाँडमा सहमति जुट्न सकेन । प्रधानमन्त्री केपी ओलीले २ वटा मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए । तर, फोरम अध्यक्ष यादवले ३ मन्त्रालय मागे । यादवले प्रतिनिधिसभामा उपसभामुखसमेत दाबी गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले यादवलाई संघीय मामिला या परराष्ट्रमध्ये एक आफूले हाँक्ने गरी दुई मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Rk Paul Tmg

    Kp kaka ra prachanda ko khub love pareko xa modi ko kutta sanga

    Comment Author

    Pratap Rasaily

    उपप्रधानमन्त्री नै नराख्ने भए प िछ िकन चा िहयो म िधसेलाई उपप्रधानमन्त्री त्यही प िन मर्यादा क्रम प िन अगाडि नै चा िहयो अरे िकन मधेसी लाई सरकारमा नरा िख देश बन्दैन प्रधानमन्त्री ज्यु ? मधेसीलाई सरकारमा लगेर मर्यादाक्रम प िन अगाडि राखयो भने सरकार िसधै भारतको ईसारामा चल्दैछ या भारतको गुलामी गर्दैछ भन्ने बु िझन्छ ।

    Comment Author

    Zimba Yubraj

    अहिलेको परिस्थितिमा दिगो, समृद्सालि रास्ट्र निर्माण गर्नु नै छ भने सहकार्य गरेर अगाडि बढनु नै उच्चतम उपाए हो भन्ने मलाई लाग्छ !! good go ahead…

    Comment Author

    Narayan Kandel

    Yaslai pad dinu galat yo dhamiroho dhamirako hul this xa

    Comment Author

    Narayan Kandel

    Yaslai pad dinu galat yo dhamiroho dhamirako hul this xa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?