माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

सारांश

  • टम्पा, ३ वैशाख ।
  •   आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।
  • लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो ।

टम्पा, ३ वैशाख ।   आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।
लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो ।
माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् ।
झण्डै ५३५ जनामा गरिएको परिक्षणको नतिजाका आधारमा तयार पारिएको प्रतिवेदन न्यु इङ्ग्ल्याण्ड जर्नल या मेडिसिनमा प्रकाशित भएको छ ।
अमेरिकाका झण्डै एक करोड साढी लाख मानिसमा आँखा सुख्खा भएर आँखाको दृष्टिमा कमी आउने लगायतका समस्याहरू देखिने गरेको छ ।
विज्ञहरूले अनुमान गरेअनुसार अमेरिकामा सुख्खा आँखा सम्वन्धि समस्याका कारण प्रतिबर्ष ५५ विलियन डलर खर्च हुनेगरेको छ ।
अध्ययनमा संलग्नहरूको आँखाको अवस्थामा सुधार आएको छ कि छैन भनेर झण्डै छ महिना परिक्षण गरेर गरिएको अध्ययनबाट अनपेक्षित नतिजा आएको उनीहरूको भनाई छ ।
परिक्षणमा संलग्नहरूको आँखामा आएको सुधार अस्वस्थकारी भएको उनीहरूको निश्कर्ष रहेको छ । माछाको तेलका कारण झण्डै दश प्रतिशत मात्रै उपलब्धि भएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
“ओमेगा –३ ले कुनै फाइदाजनक प्रभाव पार्दो रहेनछ भन्ने देखिएपछि हामी चकित भयौं,” अध्ययनप्रतिवेदनका सहलेखक तथा पेन्सील्भानीया विश्वविद्यालयका सहायक प्राध्यापक भाटिनी बुन्याले भन्नुभयो ।
यो अध्ययनले आँखाको उपचारको उपायका बारेमा आँखा सम्बन्धी स्वास्थ्यकर्मीहरूले पुनःविचार गर्नुपर्ने सन्देश दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
विद्युत्का तार भूमिगत बनाउने काम शुरु, अब शहर कुरुप हुँदैन : प्रधानमन्त्री
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो
युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
सुनकाण्डका नाइके ‘गोरे’की पत्नी भन्छिन ‘डिभोर्स दिन्छु’
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
मिल्यो भागबन्डाः कुन दलबाट को मन्त्री ?
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

तपाईंले छुटाउनुभयो कि?