आज नेविसंघको भविश्य निर्धारण गर्दै काँग्रेस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
आज नेविसंघको भविश्य निर्धारण गर्दै काँग्रेस

सारांश

  • काठमाडौं १० माघ ।
  • नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
  • आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली विद्यार्थी सङ्घ नेविसङ्घको मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ ।

काठमाडौं १० माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले नेपाली विद्यार्थी सङ्घ नेविसङ्घको मौजुदा कार्यसमितिको भविष्य निर्धारण गर्ने छ । हालको कार्यसमितिको थपिएको अवधि पनि यही माघ २ गते सकिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको वर्तमान कार्य समितिको अवधि थप गर्ने वा नयाँ कार्यसमिति गठन गर्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकले गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा प्राप्त सुझावलाई समावेश गरी कार्यसमितिले विधानलाई अन्तिम रूप दिने छ । महासमिति बैठकले विधानमाथि प्राप्त सुझावहरूलाई मिलाएर राख्ने जिम्मेवारी कार्यसमितिलाई सुम्पेको छ ।यस्तै, बैठकमा सरकारका गतिविधि, वाइडबडी जहाज खरिदमा अनियमितता भएको भनिएको, चिकित्सक प्राध्यापक डा। गोविन्द केसीको जारी अनसन, पूर्व प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएका दुईवटा अस्पतालका विषय लगायतका विषयमा बैठकमा छलफल हुने छ ।

प्रवक्ता शर्माका अनुसार, बिहीबारको बैठकको पहिलो मुद्दा नै नेविसङ्घको मौजुदा कार्यसमिति भविष्य निर्धारण गर्न केन्द्रित हुने छ । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
एमालेले गर्‍यो संसद बैठक बहिस्कार
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पोखरीमा डुबेर तीन युवतीको मृत्यु
पर्यटक तान्दै भकुण्डेको घरबास
पर्यटक तान्दै भकुण्डेको घरबास
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
सगरमाथाको चुचुरोबाट भ्रमण वर्षको सन्देश
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
१२ वर्ष पाँच महिना २२ दिनकालागि हाँस्दै जेल गए ढुंगेल !
सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त
सामाजिक सञ्जाललाई पनि नियमन गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त