केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
सारांश
- चितवन, १७ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।
- जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो ।
- उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो ।
चितवन, १७ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।
जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो ।
उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उहाँले भन्नुभयो – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।”
उहाँले भन्नुभयो – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उहाँले यसमा आफ्नो साथ रहने वाचा गर्नुभयो ।
नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उहाँले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गर्नुभयो । ओलीले थप्नुभयो – “कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।”
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार्नुभयो ।
बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उहाँले त्यसको पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाउनुभयो ।
हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गर्नुभयो ।
सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन् ।
Shree Kandel
बर्बराउदै हिड्ने मन्छे ले जे नि बोल्छ। ओलि को बोली मा सत्त्य्ता भन्नी छदै छैन।
Raju Sth
हलो न भको भय वलि ले गु खान्थो
Surendra Deuba
Ani halo banaun k tero tauko katnu parxa oLi
Hsejar Francu Gnamat
Ukhan tukka handai mazza lirako hola timro ukhan ma mazza line due char timra karya karta holan sakxau desh banau oli tukka haina hami pani linxau mazza
Jiban Gurung
Banauna paren goru k jotxa ta pahadtir timiharu gayar jotdinxas ta
Narbahadaur Kunwar
अनि मानिस जलाउने केलेहाे थाहा छ