आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
सारांश
- हतियार सहित पक्राउ काठमाडौं काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेव मार्गस्थित सुनकोशी गेष्टहाउसमा बसेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ का २६ वर्षीय सुबास कार्कीलाई कटुवा पेस्तोल १ थान, रिभल्वर १ थान, लामो हतियारको गोली ३ थान र पेस्तोलको गोली २ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- कुटपिट गरी ज्यान मार्ने पक्राउ प्युठान कुटपिट गरी आफ्नै बहिनी मारेको अभियोगमा माण्डवी गाउँपालिका–४ भेडाबारी बस्ने १५ वर्षीय नरेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
हतियार सहित पक्राउ
काठमाडौं
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेव मार्गस्थित सुनकोशी गेष्टहाउसमा बसेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ का २६ वर्षीय सुबास कार्कीलाई कटुवा पेस्तोल १ थान, रिभल्वर १ थान, लामो हतियारको गोली ३ थान र पेस्तोलको गोली २ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुटपिट गरी ज्यान मार्ने पक्राउ
प्युठान
कुटपिट गरी आफ्नै बहिनी मारेको अभियोगमा माण्डवी गाउँपालिका–४ भेडाबारी बस्ने १५ वर्षीय नरेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले उनकै ५ बर्षीया बहिनी सिर्जना सार्कीलाई बुधबार कुटपिट गरी मारेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर झोलुङ्गे पुल डेरा गरी बस्ने काभ्रेको नालाका प्रदिप लामिछाने, उदयपुरको गाईघाटका विकास चौधरी र काठमाडौं तार्केश्वर नगरपालिका–३ का प्रकाश घिमिरेको कोठाबाट बिहीबार आईफोन ३ थान, ल्यापटप ४ थान र क्यामेरा लगायतका सामान गरी करीब ४ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डांछी बस्ने राजन कुइँकेलको घरबाट नगद १ लाख ४० हजार र सुनका विभिन्न गहना समेत गरी करीब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
ललितपुर हरिसिद्धि नगरपालिका–२९ गुमस डेरा गरी बस्ने सर्लाहीकी ज्ञानुकुमारी रखालको कोठाबाट बिहीबार बिभिन्न सुनका गहना करीब १ लाख १८ हजार रुपैयाँ बराबरको तथा सोही घरमा डेरा गरी बस्ने मकवानपुरकी कल्पना तामाङको कोठाबाट नगद १ हजार २ सय रुपैयाँ चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु तथा घाइते
बारा जितपुर सिमरा उपमहानगरपालिका–७ गढिमाई मन्दिर नजिक सडकमा ना.५ ख ९६१५ नम्बरको कन्टेनरले साईकलमा दाउरा लिई जाँदै गरेका पर्साको वीरगंज उपमहानगरपालिका–३२ परसवा बस्ने ४५ वर्षीय हलिम अन्सारीलाई बिहीबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट तारकेश्वर गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा ‘अनटेष्ट’ लेखेको जेसिबी बिहीबार सडकबाट करीब ३ मिटर तल खस्न गई दुर्घटना हुँदा मेघाङ गाउँपालिका बस्ने २१ वर्षीय सह–चालक बुद्धराम लामाको घट्नास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
धनकुटा महालक्ष्मी नगरपालिका–९ चित्रेस्थित कोशी राजमार्गमा को.२ च ९१३ नम्बरको बलेरो पिकअपमा गुडिरहेको अवस्थामा चढ्न खोज्दा धनकुटा छथर जोरपाटी गाउँपालिका–५ बस्ने १७ वर्षीय दासाङकुमार तामाङ बिहीबार लडेर गम्भीर घाइते भएकाले उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनाबाट मृत्यु
रुकुम बाफीकोट गाउँपालिका–३ जगरामा रा.१ त २६२८ नम्बरको ट्याक्टर शुक्रबार सडक छेउमा पल्टीन जाँदा सोही गाउँपालिका–२ पिपल बस्ने १८ बर्षीय अनिल खत्रीको ट्याक्टरले च्यापिएर मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
कास्की पोखरा लेखनाथ महानगरपालिका–१६ सुन्दरफिटमा ग.१ ख ६४५१ नम्बरको नगर माइक्रोबसलाई ग.३ प ३०६८ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा विपरित दिशाबाट आएको नम्बर नखुलेको पल्सर मोटरसाइकलले उक्त मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्वतको त्रिबेणी–७ बस्ने ४४ बर्षीय कुलबहादुर रानाको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार भएका पल्सर मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके कोहलपुर नगरपालिका–१२ रोहिणीखोला नजिक से.१ ख १२७७ नम्बरको ट्रकले शुक्रबार सोही ठाउँ बस्ने ७ बर्षीय बिजेन रानालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बेहोस भएर मृत्यु
ललितपुर
गोदावरी नगरपालिका–१३ झरूवारासीस्थित हनुमान इँटाभट्टामा काम गर्ने काभ्रेका २७ बर्षीय पोडे दमाईको शुक्रबार बेहोस भएर मृत्यु भएको छ ।
सोही ठाउँमा बेहोस अवस्थामा फेला परेका दमाईको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गोली प्रहारबाट मृत्यु
रुपन्देही
अपरिचित व्यक्तिले गोली प्रहार गर्दा देवदह नगरपालिका–२ ढेकार बस्ने ३५ बर्षीय बसन्त पौडेलको शुक्रबार मृत्यु भएको छ ।
आफ्नै घर अगाडि कालो होण्डा साइन मोटरसाइकलमा मुखमा माक्स लगाई आएका २ जना अपरिचित ब्यक्तिहरुले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका पौडेललाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गोली प्रहार गरी फरार रहेका अभियुक्तहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मोरङ
सुन्दरहरैंचा नगरपालिका–४ मादेनस्थित खाली जग्गामा पार्किङ गरी राखेको ना.५ ख ४२५२ नम्बरको बसभित्र हाल नाम, थर, वतन नखुलेका करीब ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिराहा बिष्णुपुर गाउँपालिका–२ राजपुरस्थित कुलोमा सोही ठाउँ बस्ने ४५ बर्षीया तारादेवी यादव शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङ सुनबर्षा नगरपालिका–१ खयरटोलस्थित परालको बिटा भित्र शुक्रबार नाम, थर, वतन खुल्न नसकेका करीव ६० बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छ ।
होटलको पाँचौ तलाबाट खसेर मृत्यु
काठमाडौं
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित न्यू अन्नपूर्ण होटलमा विगत १० महिनादेखि बस्दै आएका काभ्रेका ४२ वर्षीय चन्द्रबहादुर मगरको बिहीबार होटलको पाँचौ तलाबाट खसेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
नुवाकोट
दुप्चेश्वर गाउँपालिका–४ बेतेनी बस्ने २८ वर्षीय सुनबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार सोही ठाउँ बस्ने चन्द्रबहादुर तामाङको घर बनाउन फलामको रड सिधा पार्ने क्रममा नाङ्गो बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो । करेन्ट लागेर ५७ वर्षीय मानबहादुर तामाङ समेत सामान्य घाइते भएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीमा मृत्यु तथा धनमाल क्षति
पाँचथर हिलिहाङ गाउँपालिका–१ बस्ने ८१ वर्षीय नरबहादुर थुलुङ राईको घरमा गएराति आगलागी हुँदा उनको जलेर घट्नास्थलमै मृत्यु भएको छ । फुसको छानो भएको घरमा राईले खाएको बिँडीको ठुटोबाट आगलागी भएको बताइएको छ । आगलागीबाट घर, लत्ताकपडा, भाडावर्तन गरी करीब ५ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर क्षति भएको बुझिएको छ ।
सर्लाही हरिवन नगरपालिका–११ बस्ने रामनरेश साह, रामबाबु साह लगायत ८÷९ जनाको ७ बिगाह जग्गामा लगाएको उखुबारीमा बिहीबार आगलागी हुँदा करीब ४ लाख रुपैयाँ बराबर उखु जलेर क्षति भएको छ ।
पाल्पा पूर्बखोला गाउँपालिका–६ चेभुङ बस्ने प्रेमसिंह घर्तीको फुसले छाएको घरमा बिहीबार आगलागी हुँदा नगद १२ हजार रुपैयाँ, काठपात, लत्ताकपडा, भाडावर्तन, अन्नपात समेत गरी करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
रौतहट माधव नारायण नगरपालिका–१ दिपही बस्ने जुगल राय यादवको फुसको गोठमा बालेको घुरबाट बिहीबार आगलागी हुँदा करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुटपिट गरी मारेको अभियोगमा पक्राउ
प्युठान
कुटपिट गरी आफ्नै बाबु मारेको अभियोगमा सरुमारानी गाउँपालिका–५ डुम्रीखर्क बस्ने २० बर्षीय मोहनलाल खाम्चालाई प्रहरीले पक्राउ गरेको छ ।
मोहनलालले बिहीबार ५३ बर्षीय बाबु रैसी खाम्चा र ४६ बर्षीया आमा अम्बीदेवी खाम्चालाई कुटपिट गरी घाइते बनाएकोले उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा रैसीको मृत्यु भएको थियो । घाइते अम्बीदेवीको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नगद लगायतका धनमाल चोरी
काठमाडौँ
तारकेश्वर नगरपालिका–८ बस्ने रेवती अधिकारीको घरबाट गएराति नगद १ लाख ५ हजार रुपैयाँ र सुनका विभिन्न गहना सहित करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया