राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै

सारांश

  • काठमाडौं, २९ पुस ।
  • राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच तत्काल एकता नहुने भएको छ ।
  • निर्वाचनमा जनताले २ नम्बर प्रदेशमा मिलेर सरकार बनाउने जनमत दिएपछि हौसिएका यी दुई पार्टीका नेताहरुले तत्काल एकता हुने अभिव्यक्ति दिएका थिए ।

काठमाडौं, २९ पुस । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच तत्काल एकता नहुने भएको छ । निर्वाचनमा जनताले २ नम्बर प्रदेशमा मिलेर सरकार बनाउने जनमत दिएपछि हौसिएका यी दुई पार्टीका नेताहरुले तत्काल एकता हुने अभिव्यक्ति दिएका थिए । तर, अहिले आएर एकताको विषयमा कुनैपनि किसिमको छलफल अघि बढ्न सकेको छैन् ।

दुवै पार्टीका अध्यक्ष खासगरी राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच पछिल्लो समय फोनमा समेत कुराकानी हुन नसकेको स्रोतको दाबी छ । स्रोतको दाबी छ,‘यही तरिका हो भने कसरी पार्टी एकता हुन्छ त ? अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा कुनै छलफल हुन सकेको छैन, २ नम्बर प्रदेशमा सरकार बनाउनपनि समस्या छ।’

हुन पनि हो, दुई पार्टीका नेताहरुवीच पछिल्लो समय नियमित वार्ता हुन सकेको छैन । यसले गर्दा २ नम्बर प्रदेशमा राजपा–फोरमको सरकार बन्नेमा शंका उत्पन्न भएको छ । प्रदेशको मुख्यमन्त्रीमा पनि कुरा नमिलेपछि फोरमले कांग्रेस र वाम गठबन्धनमध्ये एकसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने तयारी थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात  जना घाइते
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात जना घाइते
प्रमबाट भिडियो सन्देश दिइने
प्रमबाट भिडियो सन्देश दिइने
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन
श्रीमतीको हत्या गरी आत्महत्या
श्रीमतीको हत्या गरी आत्महत्या
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने सत्ता साझेदार दलको निर्णय
भदौ १० गते मंगलबारको राशिफल यस्तो छ
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए